‘अब हामी श्रीमान-श्रीमती भयौं’

काठमाडौं, जेठ ३१ : चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्। उनले मंगलबार प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन्।
उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो। इन्दिराले आफ्नो सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, अब हामी श्रीमान श्रीमती भयौं ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको इन्दिरा र शरदले केहि समय अगाडि सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए।
इन्दिराका उध्रेको चोली छ है, मोटरसाइकलमा, रेलिमाई, चौबन्धी चोली अनि रातो घाँगर जस्ता गीत चर्चामा छन् ।
प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)