Kathmandu Press

एशियन कप छनोटमा इन्डोनेशियासँग भिड्दै नेपाल

काठमाडौं, जेठ ३१ : एएफसी एशियन कपको तेस्रो चरणको छनोट अन्तर्गत आज नेपालले इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दै छ।नेपाल र इन्डोनेशियाबीचको खेल आज राति १...
एशियन कप छनोटमा इन्डोनेशियासँग भिड्दै नेपाल

काठमाडौं, जेठ ३१ : एएफसी एशियन कपको तेस्रो चरणको छनोट अन्तर्गत आज नेपालले इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र इन्डोनेशियाबीचको खेल आज राति १ बजे कुवेतको जाबेर अल अहमद इन्टरनेशनल रंगशालामा हुनेछ। यसअघि भएका दुवै खेलमा नेपालले हार ब्यहोरेको थियो। लगातार दुई खेल हारेको नेपालको एशियन कपमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।

Hardik ivf

इन्डोनेशिया भने एशियन कपमा छनोटका लागि आज नेपालसँग भिड्नेछ। इन्डोनेशियाले पहिलो खेलमा कुवेतलाई हराएको थियो। त्यस्तै, दोस्रो खेलमा जोर्डनसँग हार ब्यहोरेको थियो।

जोडर्नको ६ अंक छ भने इन्डोनेशिया र कुवेतको ३३ अंक रहेको छ। समूह विजेता टोली अर्को वर्ष हुने एशियन कपमा छनोट हुनेछ।

यसअघि नेपालसँग भएको मैत्रीपूर्ण खेलमा इन्डोनेशिया विजयी भएको थियो। आज दोस्रो पटक नेपाल र इन्डोनेशिया भिड्न लागेका हुन्।

फिफा वरीयतामा इन्डोनेशिया नेपालभन्दा नौ स्थान माथि छ। नेपालको वरियता १६८ छ भने इन्डोनेशियाको १५९ रहेको छ।

प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्