Kathmandu Press

डा. केसी अनसनको दोस्रो दिन, कांग्रेसले जनायो ऐक्यबद्धता

काठमाडौं, कात्तिक १९ : चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रा. डा.गोविन्द केसी दोस्रो दिनले पनि अनसनमै छन....

डा. केसी अनसनको दोस्रो दिन, कांग्रेसले जनायो ऐक्यबद्धता

काठमाडौं, कात्तिक १९ : चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रा. डा.गोविन्द केसी दोस्रो दिनले पनि अनसनमै छन्।

डा. केसी डडेल्धुराको बागबजारस्थित निर्मल क्लिनिक सञ्चालन रहेको घरको दोस्रो तलामा सोमबार साँझदेखि आमरण अनसनमा बसेका छन्। 

यो उनको १७ औं आमरण अनसन हो। त्रिवि शिक्षण अस्पतालबाट अनिवार्य अवकाश पाएपछि पहिलो पटक अनसनमा बसेका डा. केसीले सरकारसामू ७ बुँदे माग अघि सारेका छन्। 

यसैबीच, सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका डडेल्धुरा सभापति कर्णबहादुर मल्लले डा. केसीलाई भेटेर अनसनप्रति ऐक्यबद्धता जनाएका छन्। उनले माग डा. केसीको मात्रै नभएर सुदूरपश्चिमवासीकै भएकाले अनसनमा साथ दिन आग्रह गरेका छन्।

गत असोज २७ गते शिक्षण अस्पतालबाट सेवानिवृत्त हुने क्रममा पत्रकार सम्मेलन गरी डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई कात्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए।
 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्