Kathmandu Press

बाबुरामको आह्वान- संघीयता जोगाउन सबै आन्दोलनकारी एक होऊँ!

काठमाडौं, कात्तिक १९ : समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्ति दुवै संघीय....

बाबुरामको आह्वान- संघीयता जोगाउन सबै आन्दोलनकारी एक होऊँ!
फाइल फोटो

काठमाडौं, कात्तिक १९ : समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्ति दुवै संघीयताको मर्मविपरीत भएको आरोप लगाउँदै संघीयता पक्षधर आन्दोलनकारीलाई एक हुन आग्रह गरेका छन् ।

डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘प्रदेशका गभर्नरको नियुक्ति र बर्खास्तगी दुवै वास्तविक संघीयताका मर्मविपरीत र दलीय रबर स्टाम्पका प्रतीक छन् ! वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ !’

उनले सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्तिलाई गम्भीर हुन आग्रह गर्दै भनेका छन्, ‘जनयुद्ध, मधेस र जनजाति र थारू र दलित आन्दोलनकारी एक होऊँ!’

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्