Kathmandu Press

काउन्सिलले मेडिकल कलेजको छानविन गर्ने

काठमाडौं, कात्तिक १९ : नेपाल मेडिकल काउन्सिलले विवाद उत्पन्न भएको मेडिकल कलेजको छानविन गर्ने भएको छ।

मंगलबार काउन्सिलले प्रेस विज्ञप्ति जारी....

काउन्सिलले मेडिकल कलेजको छानविन गर्ने

काठमाडौं, कात्तिक १९ : नेपाल मेडिकल काउन्सिलले विवाद उत्पन्न भएको मेडिकल कलेजको छानविन गर्ने भएको छ।

मंगलबार काउन्सिलले प्रेस विज्ञप्ति जारी गरी मेडिकल कलेजको छानविन गरी दोषी ठहरिएका कलेजलाई कारवाही गर्न पहल गर्ने जनाएको छ।  काउन्सिलले विद्यार्थीमाथि भएको कुटपिटको पनि विरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीलाई आर्थिक, मानसिक र विभिन्न प्रकारका शोषण हुँदै आइरहेको र पछिल्लो पटक नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको कारण विद्यार्थीले शुल्क फिर्ता गर्न माग राखी आन्दोलन गर्ने क्रममा विद्यार्थीमाथि कुटपिट भएको र बन्धक बनाएको विषयहरुमाथि नेपाल मेडिकल काउन्सिल गम्भीर ध्यानाकर्षण भएको छ।’

विद्यार्थीमाथि भएको अमानवीय कार्य तथा मेडिकल कलेजसँग सम्बन्धित समस्याबारे छानविन गरिने जनाएको छ। छानविनपछि दोषी ठहरिएका कलेजलाई कारवाही गर्न चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरिने जनाएको छ।

 

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्