विष्णुचन्द्र–अभिनव पुरस्कार अनिल पौडेललाई

काठमाडाैं, जेठ २९ : अभिनव साहित्य समाजले विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्यकविता पुरस्कार अनिल पौडेल किर्तेजीलाई प्रदान गरेको छ।
समाजको २४४औँ साहित्यिक शृङ्खलाअन्तर्गत शनिबार भएको कार्यक्रममा नगद रु सात हजारसहित प्रदान गरिएको हो। यो पुरस्कार समाजले प्रत्येक वर्ष जेठ महिनामा वितरण गर्दै आएको समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले जानकारी दिए।
साहित्यकार प्रदीपरत्न शाक्यको पहलमा सञ्चालित लक्ष्मीदेवी साहित्य सिरपाका लागि स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरियो। यसमा विजयी उत्तम विचार, रेहित सैँजु र अमृत भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्। उनीहरुलाई क्रमशः रु. ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिएको थियो।
यसको निर्णायकका रुपमा पर्शुराम पराजुली, सुनिल अधिकारी र रुद्र अधिकारी रहेका थिए। कार्यक्रममा कवि एवं कवयित्री सुशील आचार्य, उत्तम विचार भेटवाल, मधुसूदन ढुङ्गेल, रेहित सँैजु, भलाद्मी भोला, मदन नेपाल, पवन सङ्ग्रौला, अमृत भट्टराई, सिर्जना शर्मा, माया उपाध्याय, दुर्गा फुयाँल, मधुसुदनप्रसाद घिमिरे आआफ्ना रचना वाचन गरेका थिए।
यसैगरी कविता वाचन गर्ने अन्य कवि एवं कवयित्रीमा अच्युतप्रसाद पौडेल, बाजुराम पौडेल, घनश्याम प्रसाईं, मेनका पोख्रेल, गोविन्द सङ्गत महर्जन, राजेशमान केसी, खोलाघरे साहिँलो, एलजे विवश, रुद्र अधिकारी, सुनिल अधिकारी, रामकुमार पण्डितलगायत रहनुभएको समाजले जनाएको छ।
समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा त्यस क्षेत्रका साहित्यकार एवं साहित्यानुरागीको उपस्थिति रहने गर्छ।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)