Kathmandu Press

२० तस्बिरमा नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल

काठमाडाैं, जेठ २९ : अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल बराबरीमा सकियो।इनिङका अन्तिम दुई बलमा लगातार विकेट लिँदै नेपालले...
२० तस्बिरमा नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल

काठमाडाैं, जेठ २९ : अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल बराबरीमा सकियो।

इनिङका अन्तिम दुई बलमा लगातार विकेट लिँदै नेपालले जित नजिक पुगेको अमेरिकासँग १ अंक खोजेको छ। जितका लागि २७५ रनको लक्ष्य पछ्याएको अमेरिकालाई अनितम ओभरमा जितका लागि ६ रन आवश्यक थियो। बलिङमा थिए, युवा अलराउन्डर अदिल आलम। उनले सुरुआती ४ बलमा ५ रन मात्र थिए।

Hardik ivf

अब अमेरिकालाई २ बलमा जितका लागि १ रन मात्र चाहिएको थियो। त्यसपछि पाँचौ बलमा आदिलले आरोन जोन्सलाई रोहित पौडेलबाट क्याचआउट गराए भने अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरे र खेल बराबरीमा सकाए।

अमेरिकाका ओपनर स्टेभन टेलरले ११४ रन बनाए बनाउँदा कप्तान मोनांक पटेलले पटेलले ८५ रन जोडे। आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नेपालले राम्रो सुरुआत गरेपछि फिनिसिङमा चुक्दा ठूलो योगफल बनाउन सकेनन्।

नेपालले अन्तिम ७ विकेट ३१ रन बनाउँदा गुमाएको थियो। ४३ ओभरमा २४३ बनाउँदा ३ विकेट गुमाएको नेपाल २ बल बाँकी छँदै २७४ रनमा अलआउट भयो। नेपालका लागि आसिफ सेख, देव खनाल र रोहितकुमार पौडेलले अर्धशतकीय योगदान दिए।

अमेरिकाका लागि रस्टी थेरोनले सर्वाधिक चार तथा अली खान र सौरभ नेत्रवाल्करले समान २ विकेट लिए।

 

 

 

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्