Kathmandu Press

उम्मेदवार छान्न बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडाैं, कात्तिक १९ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदबार चयनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिका....

उम्मेदवार छान्न बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी
फाइल फोटो

काठमाडाैं, कात्तिक १९ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदबार चयनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ।

मंगलबार बिहान १० बजे सुरू भएको बैठकमा प्रतिनिधिसभाको कास्की–२ र प्रदेशसभाको भक्तपुर क्षेत्र नम्बर १ ‘क’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा कांग्रेसका तर्फबाट उम्मेदवार चयन गर्ने एजेण्डामा छलफल भइरहेको छ।

उपनिर्वाचनका लागि आजै उम्मेदबार चयन गरिने बैठकमा सहभागि एक पदाधिकारीले काठमाडौं प्रेसलाई जानकारी दिए।

कांग्रेसमा कास्की–२ मा हुने उपनिर्वाचनमा जसरी पनि जित्ने गरी उम्मेदबार चयनका लागि छलफल भइरहेको जनाएको छ।

कास्की–२ मा कांग्रेसका पुराना नेता महादेव गुरुङ, यसअघि पराजित भएका देवराज जालिसे, युवा नेता धनराज गुरुङ, जिविस पूर्वसभापति खेमराज पौडेललगायतले आकाक्षा देखाएका छन्।

कांग्रेस नेताहरूले भने जनमतका आधारमा जित्ने उम्मेदबारलाई पारदर्शी रुपले छनोट गरिने बताएका छन्।

त्यस्तै बाग्लुङ–२ ख मा जितबहादुर शेरचन, टेकराज पौडेल, द्रोणबहादुर कुँवरलगायतले आकाक्षा देखाएका छन्।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्