भक्तपुरमा पूर्वएमाले-माओवादी विवाद, पार्टी कार्यालयमा तालाबन्दी
भक्तपुर, कात्तिक १९ : उपनिर्वाचनका लागि नेकपाले भक्तपुर १ (क)मा तोकेका उम्मेदवारबारे विवाद भएको छ। पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद हुँदा नेकपा भक्त....

भक्तपुर, कात्तिक १९ : उपनिर्वाचनका लागि नेकपाले भक्तपुर १ (क)मा तोकेका उम्मेदवारबारे विवाद भएको छ। पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद हुँदा नेकपा भक्तपुरको कार्यालयमा तालाबन्दी गरिएको छ।
उपनिर्वाचनका लागि नेकपाले भक्तपुर १ (क)मा देवीप्रसाद ढकाल (डीबी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्वमाओवादी केन्द्रका नेता हुन्।
उनी अहिले नेकपा जिल्ला सचिव छन्। यस अघिको निर्वाचनमा एमाले–माओवादी गठबन्धन भएको थियो। जसमा उनी बागी बनेका थिए। एमाले–माओवादी उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए। बागी उठेका डीबीले ७८४ मत पाएका थिए।
बागी उठेकाले उनलाई उम्मेदवार बनाउनु नहुने पूर्वएमाले नेता–कार्यकर्ताको भनाइ छ। जसले गर्दा पूर्वएमाले नेता–कार्यकर्ताले विरोध गरेका छन्।
उनीहरूले यो निर्णय फिर्ता लिन माग गरेका छन्। उनीहरूले सोमबार नेकपा भक्तपुरको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्।
उम्मेदवारबारे विवाद आज पनि जारी रहेको जनाएको छ। नेकपा जिल्ला कार्यालयको ताला खुलेको छैन। पूर्वएमाले नेता–कार्यकर्ताले विरोध जारी राखेका छन्।











