चलचित्र 'काँडेतार'को टिजर सार्वजनिक

काठमाडाैं, जेठ २८ : नेपाली चलचित्र 'काँडेतार'को टिजर सार्वजनिक गरिएको छ। नवल खड्काद्वारा निर्देशित र राष्ट्रवादी धारमा निर्मित सो चलचित्रको टिजर शुक्रबार टिजर सार्वजनिक गरिएको हो।
निर्देशक नवल खड्काले शिवम अधिकारीसँग मिलेर चलचित्रको कथा लेखेका हुन्। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘काँडेतार’ निर्देशक नवल खड्का, गौरव पहारी, रेबिका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ।
चलचित्रका अगीतमा संगीतकार मणि थापा र दिपक शर्माले संगीत भरेका छन्। सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको सो चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई रहेकी छन्। नवल खड्का, माकिको राई र अञ्जु केसी चलचित्रका निर्माता हुन्।
चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता नवल खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रूपमा लिइएको छ।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)