Kathmandu Press

प्रदेश २ को विद्युतीकरणमा नर्बेको साढे चार अर्ब अनुदान

काठमाडौं, कात्तिक १९ : नर्बेले प्रदेश २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ।....

प्रदेश २ को विद्युतीकरणमा नर्बेको साढे चार अर्ब अनुदान

काठमाडौं, कात्तिक १९ : नर्बेले प्रदेश २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ।

नर्बेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश २ मा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ।

अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्बेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका छन्।

नर्बेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २ का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘अनुदान रकम प्रदेश २ को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि नौ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ,’ घिसिङले भने।

उनका अनुसार, ठेकेदार छनौटका लागि तत्काल टेन्डर गरी काम सुरु गरिनेछ। दुई-तीन वर्षभित्र काम सकिनेछ। प्रदेश २ मा आठ जिल्ला छन्। ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ।

प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्