Kathmandu Press

नौमती बाजा संरक्षणमा जुटे पाल्पाली मगर युवा

पाल्पा, जेठ २८ : पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन्।गाम्रीण तथा सहरी क्षेत्रमा  नेपाली परम्परागत बाजा नौमतीको धुन...
नौमती बाजा संरक्षणमा जुटे पाल्पाली मगर युवा

पाल्पा, जेठ २८ : पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन्।

गाम्रीण तथा सहरी क्षेत्रमा  नेपाली परम्परागत बाजा नौमतीको धुन गुन्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको थियो। पछिल्ला वर्षहरुमा यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको हो।

रानीमहल पञ्चेबाजा मगर समूहका उपाध्यक्ष टीकाबहादुर बाह्रघरेले गाउँ तथा सहरमा समेत बाजा बजाउने माग आइरहेको छ। पुर्खाको कला र सीप संरक्षणका लागि हामीले चासो दिएका मात्र हौँ।

Hardik ivf

यो पेसाको संरक्षणले नेपाली समाजलाई फाइदा पुगेको बाह्रघरेले बताए। गाउँमा पञ्चेबाजाको धुन गुन्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका हुन्। पञ्चेबाजा देवीदेवताको मन्दिरमा बजाइन्छ भने नौमती बाजा रमाइलोका लागि बजाइने गरिन्छ।

अहिले नौमतीको धुनसँगै विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम, पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ। पारिश्रमिकको केही भाग बाजा मर्मत तथा संरक्षणका लागि कोषमा राख्ने गरिएको समूहका सदस्य भेषबहादुर बाह्रघरेले बताए।

बाजाको धुन गुन्जिन थालेपछि जोकोहीलाई उत्साहित बनाउने गर्छ। नौमती बाजा बजाउने चलन नेपालको परम्परादेखि चलिएको हो। यस्ता खालका बाजा बजाउने मानिस हराउन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि सहयोग गर्दै आएको छ।

मगर युवाले परियार जातिका मानिसलाई गाउँमा बोलाई बाजा बजाउन सिकेका थिए। एक महिनामै बाजा बजाउन सिकेपछि शुभकार्य तथा मनोरञ्जनका लागि उनीहरु बाजा बजाउन व्यस्त हुन थालेका छन्। मगर जातिका युवाले बाजा बजाई दर्शकलाई पनि नचाउन थालेपछि स्थानीय बासिन्दा पनि दंग छन्।

परियार जातिका युवाले बाजा बजाउन छाडेपछि शुभकार्य पनि सुनसान जस्तै हुन थालेको थियो। यहाँका मगर जातिका युवाले विसं २०६२ मा रानीमहल पञ्चेबाजा मगर समूह स्थापना गरी नौमती बाजाको संरक्षणमा जुटेका हुन्। 

सामाजिक विभेद र आर्थिक सङ्कटका कारण दलित समुदायका परम्परागत पेसा  बिस्तारै लोप हुन लागेकाले यसको संरक्षणका लागि राज्यको चासो बढाउन आवश्यक रहेको दलित अधिकारकर्मीको भनाइ थियो।

परियार जातिको पुर्ख्यौली पेसा

दलित समुदायअन्तर्गत परियार जातिको नौमती बाजा बजाउने परम्परागत पेसा हो। परम्परादेखि नै बाजा बजाउने पेसा अँगालेका दलित समुदायलाई जातीय छुवाछूत तथा भेदभावपूर्ण  व्यवहार गर्दा उनीहरु यो पेसाबाट नै विस्थापित भएका हुन्।

दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अहिले दलित समुदायका मानिसहरु परम्परागत पेसाभन्दा अन्य व्यवसयामा आकर्षित भएको बताए। सरकारले दलित समुदायका पेसा तथा व्यवसायलाई संरक्षणमा चासो नदेखाएको उनको गुनासो थियो।

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्