हलिउड गायक जस्टिब बिबरकाे अनुहार प्यारालाइज्ड
काठमाडाैं, जेठ २८ : चर्चित हलिउड पप गायक जस्टिब बिबरलाई अनुहारको प्यारालाइसिस भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई अनुहारको प्यारालाइसिस भएको जानकारी दिएका हुन्।उनले...
काठमाडाैं, जेठ २८ : चर्चित हलिउड पप गायक जस्टिब बिबरलाई अनुहारको प्यारालाइसिस भएको छ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई अनुहारको प्यारालाइसिस भएको जानकारी दिएका हुन्।
उनले इन्स्टाग्राममा ‘रामसे हन्ट सिन्ड्रोम’बाट आफू पीडित बनेकाे बताएका छन्। सो रोगबाट ग्रसित भएपछि अनुहारको दाहिनेतिरकाे पाटो चल्दैन।
जस्टिनले टोन्टो र वासिङटन डिसीमा सांगीतिक कार्यक्रम गर्दै थिए। तर अनुहारको प्यारालाइसिस भएपछि उनले ती दुवै कार्यक्रम स्थगित गरेका थिए। कार्यक्रम स्थगित गरेलगत्तै उनले इन्टाग्राममा भिडियो सेयर गरेर आफू अनुहारको प्यारालाइसिस भएको जानकारी दिएका हुन्।
उनेले सेयर गरेको भिडियोमा उनको अनुहारको दाहिनेतिरको भाग मुस्किलले चलिरहेको देख्न सकिन्छ। उनको दाहिनेतिरको आँखा खुलाको खुलै रहने गरेको छ। उनले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘कृपया यो धेरै जरुरी कुरा हो, म यहाँहरु सबैलाई धेरै माया गर्छु। मलाई यहाँहरुको आशीर्वादको खाँचो छ।’
उनले आफूले सांगिितक कार्यक्रम स्थगित गर्नुपरेकोमा फ्यानहरूसँग माफी पनि मागेका छन्। ‘तय गरिसकिएका कार्यक्रम स्थगित गर्नुपर्दा मलाई नराम्रो लागिरहेको छ। तर शारीरिक रूपमा म कार्यक्रम गर्न असक्ष छु। मेरो शरीरले मलाई आराम गर्न भनिरहेको छ। यहाँहरूले मेरो कुरालाई बुझिदिनुहुन्छ भन्ने मलाई विश्वास छ।’












