Kathmandu Press

सरकारको गतिमा काम गर्न नयाँ प्रदेश प्रमुख : महासचिव पौडेल

काठमाडाैं, कात्तिक १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिए....

सरकारको गतिमा काम गर्न नयाँ प्रदेश प्रमुख : महासचिव पौडेल

काठमाडाैं, कात्तिक १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको बताएका छन्।

नेकपाको सोमबार प्रधानमन्त्री निवास बालुटावारमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उनले सरकारलाई काम गर्न सजिलो पार्न प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गरिएको जानकारी दिए।

“प्रदेश प्रमुख सरकारको प्रतिनिधिका रुपमा रहने संवैधानिक व्यवस्था छ, स्वाभाविक रुपमा सरकार बदलिएपछि सरकार प्रमुखले पनि सोच्नुपर्ने आवश्यकता थियो, सरकारले लामो समय प्रतिक्षा पनि गर्‍यो”, उनले भने, “सरकारको गतिमा प्रतिनिधि भूमिकामा काम गर्न सक्ने उपयुक्त पात्रको छनोट गर्ने प्रक्रियामा सरकार लागेकाले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरिएको हो।” 

नेकपाको बसेको बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेल्धुरा)लाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। महासचिव पौडेलले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुख कुन प्रदेशका लागि कुन भन्ने कुरा सरकारको सिफारिसमा राष्ट्रपतिले तोक्ने बताए।  

सञ्चारकर्मीको प्रश्नमा उनले प्रदेश प्रमुखले काम गर्न सकेको वा नसकेको भन्नेमा जानुभन्दा पनि सरकारले अहिले आफ्नो प्रतिनिधिका रुपमा अगाडि सार्ने काम गरेको बताए। लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार हुने भएकाले प्रदेश प्रमुख हटाउने सरकारको निर्णयविरुद्ध प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विरोध गर्नसक्ने बताए। रासस

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, कात्तिक १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्