Kathmandu Press

बलिउड सुपर स्टार सलमानको गोली हानी हत्या प्रयास

काठमाडौं, जेठ २७ : बलिउड सुपर स्टार सलमान खानको गोली हानेर हत्या गर्ने प्रयास भएको छ।टाइम्स नेटवर्कलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ग्याङस्टर...
बलिउड सुपर स्टार सलमानको गोली हानी हत्या प्रयास

काठमाडौं, जेठ २७ : बलिउड सुपर स्टार सलमान खानको गोली हानेर हत्या गर्ने प्रयास भएको छ।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ग्याङस्टर लरेन्स बिस्नोईका केही सार्पसुटरले आज (शुक्रबार) मुम्बईमा उनकै घरबाहिर हत्याको प्रयास गरेको हुन्। 

Hardik ivf

केही समयअघि पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि बिस्नोइ ग्याङकै संलग्नता रहेको जनाइएको छ।

सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका बेला हत्या प्रयास भएको जनाइएको छ। सलमानमाथि ‘सेक्युरिटी थ्रेट’ बढ्दै गएपछि उनलाई कडा सुरक्षा दिने व्यवस्था गरेको जनाइएको छ।

केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई ज्यान मार्ने धम्की दिँदै पत्र आएको पनि मुम्बई प्रहरीले पुष्टि गरेको छ। सो धम्कीमा पनि लरेन्स बिस्नोई ग्याङको संलग्नता रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्