सुरूङभित्र फसेका चारै जना मजदुर मृत भेटिए
बझाङ, कात्तिक १८ : बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चारै जना मजदुर मृत भेटिएका छन्।
सुरुङभित्र काम गर्ने क्रममा....
बझाङ, कात्तिक १८ : बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चारै जना मजदुर मृत भेटिएका छन्।
सुरुङभित्र काम गर्ने क्रममा सम्पर्कबिहीन भएका चार जना मजदुर सोमबार मृत भेटिएका हुन्। आइतबार साँझ सुरूङभित्र ६ जना कामदार पसेका थिए। तर, तीमध्ये दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए भने बाँकी चार जना सम्पर्कविहीन भएका थिए।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सुरूङभित्रबाट चार जना मजदुरको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।
उनका अनुसार मृत फेला पर्नेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन्।
सुरूङभित्र अक्सिजनको अभाव हुँदा मजदुरको मृत्यु भएको अनुमान प्रहरीको छ। ७५ मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाई तीन सय मिट रहेको छ। जसको निर्माणका लागि नेपाली मजदूर खटिएका छन्।






