सत्याग्रहका लागि डा.गाेविन्द केसी डडेल्धुरामा
काठमाडाैं, कात्तिक १८ : चिकित्सा शिक्ष सुधारका लागि राखेका माग पूरा गर्न सरकारले गम्भीर नभएपछि सत्याग्रहमा बस्न डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन्।<....
काठमाडाैं, कात्तिक १८ : चिकित्सा शिक्ष सुधारका लागि राखेका माग पूरा गर्न सरकारले गम्भीर नभएपछि सत्याग्रहमा बस्न डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन्।
आजैदेखि डा.केसी सत्याग्रहमा बस्न लागेको हुन्। त्यसका लागि उनी सोमबार नै डडेल्धुरा पुगेको हुन्।
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा.केसीले राखेका मागप्रति सरकार गम्भीर नभएपछि सत्याग्रहमा बस्न लागेको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताए। ‘डडेल्धुरामै सत्याग्रह बस्ने निश्चित भइसकेको छ, कुन ठाउँ भन्ने यकिन भएको छैन,’ सुवेदीले भने।
यस अघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनी १७औं सत्याग्रहमा बस्न लागेका हुन् । यस उनले जुम्ला र पाँचथरमा सत्याग्रह बसेका थिए। त्यसभन्दा अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सत्याग्रह बस्दै आएका थिए।
उनी असोज २७ गते शिक्षण अस्पतालबाट सेवानिवृत भएका छन्।
याे पनि पढ्नुस् :
७ बुँदे मागसहित आजदेखि डा.केसी अनशन बस्ने






