त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त
काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री एवं कु....

काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त गरेका छन् । बाँस्कोटा त्रिविको १९ औं उपकुलपति भएका हुन् ।
लामो समय चिकित्सा पेशामा काम गरेका डा. बाँस्कोटा नाक, कान, घाँटी सम्बन्धी रोगका विशेषज्ञ हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । बाँस्कोटा प्रधानमन्त्री ओली झापा गौरादहका स्थायी बासिन्दा हुन् ।
डा. बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् । शिक्षामन्त्री नेतृत्वको सर्च कमिटीले बास्कोटाको नाम दोस्रो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा डा. भगवान कोइरालाको नाम थियो । उनलाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै बास्कोटालाई त्रिवि उपकुलपति बनाइएको हो ।
याे पनि हेर्नुस्
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा
प्रकाशित मिति: १२:२० बजे, सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











