स्कुल र सरकारी कार्यालयकाे समय फरक पार्न सिंहकाे माग
काठमाडाैं, जेठ २६ : कांग्रेस सांसद प्रकाशमान सिंहले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे।आज (बिहीबार) प्रतिनिधिसभा बैठककाे...
काठमाडाैं, जेठ २६ : कांग्रेस सांसद प्रकाशमान सिंहले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे।
आज (बिहीबार) प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद सिंहले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न सके ट्राफिक व्यवस्थापनमा देखिएकाे समस्यामा केही कमी आउँछ सक्ने बताएका हुन्।
उनले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याए।
‘काठमाडौंको जीवनमा अस्तव्यस्तता छ, फोहोर व्यवस्थापन गर्न नसक्दा, बजार भाउ नियन्त्रण गर्न नसक्दा र ट्राफिक जामका कारण एक ठाउँबाट अर्को ठाउँमा जान समय लाग्ने गरेको छ,’ सिंहले भने, ‘स्कूल जाने समय र नेपाल सरकारको अफिस सञ्चालन गर्ने समय फरक गरेमा ट्राफिक व्यवस्थापनमा केही कमी आउँछ कि ? यतातिर पनि नयाँ किसिमले सोच्दा राम्रो हुन्छ कि भन्ने लागेको छ ।’
काठमाडौँको फोहाेर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।








-1787140035.png)


