विधान संशोधन गर्न रास्वपाले बनायाे कार्यदल
कार्यदलले आगामी ७ दिन भित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ।
काठमाडौं, भदौ ३ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विधान संशोधन कार्यदल बनाएको छ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो।
विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल उनले बताए।
कार्यदलले आगामी ७ दिन भित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ।
जसमा सांसदहरुलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तिमा सदनको मर्यादा, आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ।
बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका छन्।
प्रकाशित मिति: १५:१७ बजे, बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











