Kathmandu Press

प्रतिनिधिसभा बैठक : चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडाैं, जेठ २६ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ।आजको बैठकमा खानेपानी, अर्थ, रक्षा...
प्रतिनिधिसभा बैठक : चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडाैं, जेठ २६ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ।

आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो। 

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा. सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।

यस्तै सांसद भीमबहादुर रावल र नवराज सिलवालले गर्ने खर्च कटौतीको प्रस्ताव राख्ने कार्यसूची छ। 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्