‘काठमाडौंमा चुनाव जितेको लौरो नुवाकोटे जनताको डाढ र टाउकोमा बजारियो’
फोहोर व्यवस्थापनका नाममा बञ्चरेडाँडाका स्थानीयमाथि भएको प्रहरी दमनको विषय संसदमा समेत उठेको छ।
काठमाडौं, जेठ २५ : फोहोर व्यवस्थापनका नाममा बञ्चरेडाँडाका स्थानीयमाथि भएको प्रहरी दमनको विषय संसदमा समेत उठेको छ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नुवाकाेटका सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरीले चरम दमन गरेको भन्दै घटनाको विरोध गरेका छन्।
उनले स्थानीय तह निर्वाचन सकिने बित्तिकै नुवाकोटे जनतामाथि दमन सुरु भएको बताए। ‘स्थानीय चुनावमा चुनाव चिह्न भएको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ,’ उनले भने।
उनले फोहोर व्यवस्थापनकै नाउँमा नुवाकोटमा १७ वर्षदेखिको बेथिति अझै अन्त्य नभएको बताए । स्थानीय जनतको जायज मागको सम्बोधन गरेर मात्रै फाहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए।
सांसद कृष्णबहादुर राईले काठमाडौंको फाहोर व्यवस्थापन गर्ने विषयमा पटकपटक संसदको ध्यानाकर्षण गराइएपनि बेवास्ता गरिएको बताए । उनले फाहोरको समस्या सामाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराए।








-1787140035.png)


