Kathmandu Press

घुमुवा प्रहरी बिचौलिया भएकाले तत्काल खारेज गरियाेस् : हृदयेश त्रिपाठी

काठमाडाैं, जेठ २६ : प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन्।छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले...
घुमुवा प्रहरी बिचौलिया भएकाले तत्काल खारेज गरियाेस् : हृदयेश त्रिपाठी

काठमाडाैं, जेठ २६ : प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन्।

छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए। उनले यस्तै अवस्था रहे यसपालि धानको उत्पादनसमेत घट्ने बताए।

सांसद त्रिपाठीले प्रहरीका घुमुवाले बिचौलिकाको काम गरिरहेको पनि जिकिर गरे। ‘सभामुख महोदय, मल दिन नसक्दा धानको उत्पादन घट्दैछ, त्यसले आर्थिक वृद्धिदर घटाउँदैछ,’ ज्ञिपाठीले भने, ‘घुमुवा प्रहरी दलालको भूमिकामा देखियो, यसको तत्काल खारेज गर्नुपर्‍यो।’

उनले तराई–मधेसका किसानले भारतीय प्रहरीको प्रताडना सहेर मल ल्याउनुपर्ने र यता ल्याएपछि यहाँका प्रहरीको प्रताडना सहनुपर्ने अवस्था रहेको बताए। 

सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकको फोहाेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरे।

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्