जनताको विश्वास जितेर इमानदारीपूर्वक काम गर्नुस् : नेता सिंह
काठमाडाैं, जेठ २६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमानदारीपूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।कांग्रेस काठमाडौं क्षेत्र ९ ले...
काठमाडाैं, जेठ २६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमानदारीपूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
कांग्रेस काठमाडौं क्षेत्र ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमानदनरीपूर्वक निर्वाह गर्न आग्रह गरेका हुन्। 'जनताले तपाईहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुहोस्,' नेता सिंहले भने।
पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासिल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्नुपर्ने बताए। पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।
नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जबरालगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिए।








-1787140035.png)


