Kathmandu Press

सुनकोशी दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

काभ्रे, कात्तिक १८ : सुनकोशी बस दुर्घटनामा घाइतेको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा धुलिखेल अस्पताल पुगेका छन्।

आज बिहान धुलिखेल....

सुनकोशी दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

काभ्रे, कात्तिक १८ : सुनकोशी बस दुर्घटनामा घाइतेको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा धुलिखेल अस्पताल पुगेका छन्।

आज बिहान धुलिखेल अस्पताल पुगेर देउवाले घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले उपचारका लागि आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताए।

देउवाले घाइतेहरुलाई भेटेरै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। त्यस्तै, अस्पतालका चिकित्सकहरूलाई पनि उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्। उनले घाइतेहरुको अवस्थाबाट चिकित्सकहरुसँग पनि कुराकानी गरेका थिए।

धुलिखेल अस्पतालमा सुनकोशी बस दुर्घटनामा घाइते भएका ४० जनाको उपचार भइरहेको छ।  सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरू अस्पताल पुगेका थिए।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, कात्तिक १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्