Kathmandu Press

यस्तो छ ‘शिरमा रिबन सालको पछ्यौरी’

काठमाडौं, कात्तिक १८ : नेपथ्यले नयाँ गीत बजारमा ल्याएको छ। लमजुङकी एक किशोरीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत ‘शिरमा....

यस्तो छ ‘शिरमा रिबन सालको पछ्यौरी’

काठमाडौं, कात्तिक १८ : नेपथ्यले नयाँ गीत बजारमा ल्याएको छ। लमजुङकी एक किशोरीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत ‘शिरमा रिबन सालको पछ्यौंरी’ नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको हो।

यो गीत पहिलो पटक आमाबाट सुनको नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले बताए। ‘मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ गुरुङले भने, ‘आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केहि ठाउँमा सुनेको याद छ।’

धेरै वर्षपछि आफू लमजुङको पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो मर्ममै छोएको उनको भनाइ छ। उनी त्यहाँ बसेको रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको थियो।

‘लोकगीतले डाँडा–काँडा, गाउँ–बेँसीको यात्रा गर्छ र त्यो यात्रासँगै आफूलाई फेर्दै पनि लैजान्छ भन्ने प्रचलित भनाइ नै छ। यसरी फेरिँदा आफूले उक्लेको डाँडा वा तरेका नदीहरुको स्वाद यसका भाकाहरुमा मिसिन्छन्। हो, त्यसरी नै मैले त्यो रात सुनेको यही गीतको भाकामा केहि फेरबदल थियो,’ गुरुङले थपे, ‘त्यसबाहेक गीतका शब्दहरु एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुनेगरि निस्किरहेको थियो।’

ती किशोरीले हृदयबाटै गाएको देखेपछि उनीबारे गायक गुरुङले जिज्ञासा राखेछन्। भर्खर बिहे गरेकी ती किशोरी पतिको घरबाट निकालिएपछि माइतीघर आएर बसिरहेको जानकारी दिइयो।

‘ती चेलीले कसरी त्यति मिठो गाइन भन्ने रहस्य मेरो अगाडि स्पष्ट भयो,’ गुरुङ भन्छन्, ‘त्यसपछि मैले उनको भावनामै डुबेर गीतका शब्दलाई परिमार्जन गर्दै मुखडाबाहेकका अन्तराहरु तयार पारेको हुँ।’

प्रकाशित मिति: ११:१५ बजे, सोमबार, कात्तिक १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्