Kathmandu Press

नेकपाले उपनिर्वाचनका उम्मेदबार चयन गर्‍यो, कास्कीमा विद्या भट्टराई

काठमाडौं, कात्तिक १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लगाएको छ।

....

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले कास्की–२ मा  विद्या भट्टराईलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । त्यस्तै प्रदेशसभा अन्तर्गत दाङ ३ ख मा विमला वली र भक्तपुर १ क मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ। बाग्लुङ २ ख मा हुने उपनिर्वाचनमा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ।

त्यसै गरी धरान उपमहानगरपालिको मेयरमा नेकपाले प्रकाश राईलाई उम्मेदबार बनाउने निर्णय गरेको छ। 

प्रकाशित मिति: १९:५१ बजे, आइतबार, कात्तिक १७, २०७६