के राष्ट्रपतिले प्रदेश प्रमुख हटाउन सक्छिन्? के छ संवैधानिक व्यवस्था?
काठमाडौं, कात्तिक १७ : सरकारले एक्कासी प्रदेश प्रमुखहरुलाई हटाउन गरेको निर्णय र त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएको घोषणा....
काठमाडौं, कात्तिक १७ : सरकारले एक्कासी प्रदेश प्रमुखहरुलाई हटाउन गरेको निर्णय र त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएको घोषणा गरेका विषयमा विभिन्न टिका टिप्पणी भएका छन्।
के संविधानत राष्ट्रपतिले कुनै पनि आरोप विना संवैधानिक पदमा रहेका व्यक्तिलाई हटाउन सक्छिन् त? विश्लेषकहरुले प्रदेश प्रमुखजस्ता तटस्थ पदमा रहेका व्यक्तिलाई सरकारले कुनै पनि कारण नदेखाई हटाउन नसक्ने बताएका छन् । कतिपयले भने संविधानमा राष्ट्रपतिले हटाउन सक्ने प्रावधान भएकाले त्यो संविधान अनुसारनै भएको तर्क गरेका छन्।
संविधानविद्हरुले संविधान र कानुनमा भएको हटाउन सक्ने भन्ने प्रावधान आफुलाई मन लागेमा हटाउन सक्ने नभई कुनै गल्ति कमजोरी भए हटाउन सक्ने अर्थमा भएको बताएका छन्।
संविधानको धारण १६५ (१) को (ख) मा प्रदेश प्रमुहरुको पदावधि समाप्त भएका वा सो अगावै राष्ट्रपतिले पद मुक्त गरेमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था गरेको छ। राष्ट्रपति भण्डारीले पनि संविधानको यही धारालाई टेकेर सातैवटा प्रदेशका प्रमुखहरु पदमुक्त भएको घोषणा गरेकी छन्।
तर संविधान हटाउन सक्ने भन्ने विषय कुनै अरोप प्रमाणित भएका हो भन्ने तर्क संविधानविद्हरुले गरेका छन्।






