Kathmandu Press

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा

काठमाडौँ, कात्तिक १७ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९....

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा
फाइल फोटो

काठमाडौँ, कात्तिक १७ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको  स्राेतले जनाएको छ । 

लामो समय चिकित्सा पेशामा काम गरेका डा. बाँस्कोटा नाक, कान, घाँटी सम्बन्धी राेगका विशेषज्ञ हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । 

डा. बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् । उनकाे नियुक्ति साेमबार मात्र हुने छ ।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, कात्तिक १७, २०७६