Kathmandu Press

उपत्यकाकाे फाेहाेर व्यवस्थापनकाे लागि मेयर साह र लगानी बाेर्डबीच छलफल

काठमाडाैं, जेठ २४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनकाे लागि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन। मंगलबार बोर्डका...
उपत्यकाकाे फाेहाेर व्यवस्थापनकाे लागि मेयर साह र लगानी बाेर्डबीच छलफल

काठमाडाैं, जेठ २४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनकाे लागि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन।

मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर साहले यसअघि कार्यान्यन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गरेका हुन।

लगानी बोर्डले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउँदाका सकारात्मक पक्षबारे साहलाई जानकारी गराएको छ।

मेयर साहले निजी क्षेत्र ल्याउने विषयमा सकारात्मक भएपनि बञ्चरेडाँडा क्षेत्रमा सामाजिक रुपमा उठेका मुद्दा सम्वेदनशील भएको बताएका थिए। उनले उपत्यकाका अन्य नगरपालिकाहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनमा वैज्ञानिक विधि अबलम्बन गरिने बताए।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्