Kathmandu Press

राप्रपाद्वारा ५ विभाग प्रमुख मनोनयन 

काठमाडौं, जेठ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ५ विभाग प्रमुख मनोनयन गरेको छ ।पार्टी विधानअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष बुद्धिमान...
राप्रपाद्वारा ५ विभाग प्रमुख मनोनयन 

काठमाडौं, जेठ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ५ विभाग प्रमुख मनोनयन गरेको छ ।

पार्टी विधानअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई राजनीतिक विभाग प्रमुख, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी तोकेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

त्यस्तै महामन्त्रीद्वय धवलशम्शेर राणाले संगठन विभाग र भुवनकुमार पाठकले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मा पाएका छन् ।

स्वास्थ्य विभागको नेतृत्वमा भने प्रा डा रामप्रसाद उप्रेतीलाई मनोनीत गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्