Kathmandu Press

नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित पाँचजना पक्राउ 

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अन्य चिनियाँ नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। 
नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित पाँचजना पक्राउ 

काठमाडौं, जेठ २४ : चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अन्य चिनियाँ नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। 

मंगलबार बिहान नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्