Kathmandu Press

कास्की–२ मा समाजवादीले धर्मराज गुरुङलाई उठाउने

काठमाडौं, कात्तिक १७ : डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा धर्मराज गुरुङलाई उम्मेद्वार ब....

कास्की–२ मा समाजवादीले धर्मराज गुरुङलाई उठाउने
फाइल फोटो

काठमाडौं, कात्तिक १७ : डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाटउठाउने निर्णय गरेको हो । पार्टीले उनको उम्मेदवारी घोषणा गर्न भने बाँकी नै छ ।

 प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले उठायनृ निर्णय गरेको छ । 

कास्की २ मा नेकपाबाट विद्या भट्टराई उठाउने निश्चित छ भने साझा पार्टीबाट रजनी केसीको उम्मेद्वारी घोषणा भइसकेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी  छ । कांग्रेसका १६ जना उम्मेद्वारका दाबेदार छन् । 

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, कात्तिक १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्