मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला
काठमाडौं, कात्तिक १७ : मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले डा.कोइ....
काठमाडौं, कात्तिक १७ : मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले डा.कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। उनी मुटु रोग विशेषज्ञ हुन्।
डा.कोइराला यस अघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक भएका थिए। त्यस्तै, उनले शहीद गंगालाल हृदय रोग केन्द्रको निर्देशक भएर पनि काम गरेका थिए।
मन्त्रिपरिषदले गरेका अन्य निर्णयबारे जानकारी दिइएको छैन। मन्त्रिपरिषद् निर्णय बारे हरेक बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिने गरिएको छ। आजको मन्त्रिपरिषद्को बैठकका निर्णय पनि बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइने जनाएको छ।
मन्त्रिपरिषद् बैठक डेढ घण्टा चलेको जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पूरै समय बसेका थिए।






