महराको थुनछेक बहस बन्द इजलासमा
काठमाडौं, कात्तिक १७ : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस जिल्ला अदालत, काठमाडौंको बन्द इजलासमा सुरू भएको छ।
काठमाडौं, कात्तिक १७ : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस जिल्ला अदालत, काठमाडौंको बन्द इजलासमा सुरू भएको छ।
जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान सुरू भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए। बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने जनाएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ (३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो।
संसद् सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।






