Kathmandu Press

एकांकी सङ्ग्रह ‘परलोकको विमर्श’ विमोचित

काठमाडाैं, जेठ २३ : नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुङ्गानाको एकांकी सङ्ग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ।उदयपुरको इमानेका जन्मिएर पञ्चावतीमा...
एकांकी सङ्ग्रह ‘परलोकको विमर्श’ विमोचित

काठमाडाैं, जेठ २३ : नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुङ्गानाको एकांकी सङ्ग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ।

उदयपुरको इमानेका जन्मिएर पञ्चावतीमा माविमा लामो समय शिक्षण गरी अवकाशप्राप्त ढुङ्गानका यसअघि बाल साहित्य, अनुवाद, खण्डकाव्य, उपन्यास तथा पाठ्यक्रममा आधारित पुस्तकहरू प्रकाशित छन्।

पञ्चवती सद्भाव समाज र कटारी विद्यार्थी समाजद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा माधवप्रसाद पोखरेलले ‘परलोकको विमर्श’ विमोचन गरे। 

डा पोखरेलले ढुङ्गानामा इतिहासका पात्राहरूलाई गहन अध्ययनसहित यथार्थ नाट्य र रोचकरूपमा प्रस्तुत गर्ने सीप भएको बताउनुभयो।

इतिहासकार डा. सुरेन्द्र केसी, प्राज्ञ दिनेशराज पन्त, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली, वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले नेपाली राष्ट्रियताबारे नयाँ पुस्ता उदासिन हुँदै गएको अवस्थामा कृतिको महत्व र सान्दर्भिकताबारे प्रकाश पानुभएको थियो।

सो एकांकीमा बौद्ध धर्मको पुनःजागरणकर्ता अमृतानन्ददेखि वामपन्थी पार्टीका भूमिगत नेताकार्यकर्तासमेतलाई जीवित पात्र बनाइ उनीहरूका माध्यमबाट इतिहासको अभिलेख गराइएको छ। कार्यक्रममा उहाँको कृति ‘नेपाल दर्शन’ को समीक्षा पनि गरिएको थियो।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्