उदाउदो सूर्यलाई अर्घ दिएर छठ समापन
काठमाडौं, कात्तिक १७ : आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठपर्व समापन गरिएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम....

काठमाडौं, कात्तिक १७ : आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठपर्व समापन गरिएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो।
गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली सिङ्गारेर छठघाट बनाइएको थियो। यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो। यी छठघाटमा लाखौँ भक्तजनले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।
तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ दिएर चार दिन लामा सूर्य उपापना पर्व अन्त्य गरेको छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष रामबाबु महासेठले बताए।
यसैगरी तराई–मधेशका जिल्लामा पनि छठ पर्व समापन गरिएको छ। विशेष गरेर मिथिला क्षेत्रमा धुमधामका साथ छठ पर्व मनाइएको हो।











