यसरी दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
काठमाडौं, कात्तिक १६ : शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने ....
काठमाडौं, कात्तिक १६ : शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत व्रतालुले शनिबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरेका छन्।

छठ पर्वको अवसरमा शनिबार साँझ ललितपुरको थापाथलीमा रहेको बागमती नदी किनारमा जम्मा भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजापाठ गरेका हुन्। छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ। यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।
पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।

यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ।



.jpg)









