सिक्किममा ‘कबड्डी ४ः द फाइनल म्याच’को प्रदर्शन रोक्न माग
काठमाडौं, जेठ २२ : भारतको सिक्किममा नेपाली चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’को प्रदर्शन रोक्न माग गरिएको छ।केही समयअघि अभिनेत्री मिरुना मगर र बौद्ध...
काठमाडौं, जेठ २२ : भारतको सिक्किममा नेपाली चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’को प्रदर्शन रोक्न माग गरिएको छ।
केही समयअघि अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्पा तामाङबीच भएकाे विवादलाई लिएर सिक्किममा सो चलचित्रलाई प्रतिबन्ध लगाउन त्यहाँका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले माग गरेका हुन्।
सिकिम्मका पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गरेर बौद्ध धर्मगुरुहरुको अपमान गरेको भन्दै कबड्डी ४ लाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले सो चलचित्र प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिएका छन्।
नेपालमा बन्ने राम्रा सिनेमाले सिक्किममा पनि राम्रो व्यापार गर्दै आइरहेको छ। किनकि त्यहाँ नेपालीभाषीको निकै राम्रो उपस्थिति रहेकाले नेपाली चलचित्र निर्माता–निर्देशकहरू सिक्कमलाई राम्रो सिने बजारका रूपमा हेर्ने गरेका छन्।
कबड्डी ४ नेपालका सिनेमा हलहरुमा राम्रो प्रदर्शन भइरहेको छ। पत्रकार सम्मेलनमा सिक्किमका धर्म गुरु पिन्त्सोले भनेका छन्, ‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ। यसविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।’












