Kathmandu Press

नेकपाले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो भोलि लगाउने

काठमाडौं, कात्तिक १६ : आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निकायको उम्मेदवार तय गर्न बसेको सत्तारूढ नेकपाको सचिवालय बैठकले कुनै ....

नेकपाले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो भोलि लगाउने

काठमाडौं, कात्तिक १६ : आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निकायको उम्मेदवार तय गर्न बसेको सत्तारूढ नेकपाको सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन। 

उपचुनावका लागि उम्मेदवार छनोट गर्ने एजेण्डामा बसेको सचिवालय बैठकमा आज एजेण्डा प्रवेश गरेपनि तयारी नपुगेको भन्दै पुन भोलि बैठक बसेर निर्णय गरिने भएको छ। 

शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उम्मेदवारका विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए।

‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका कामबारे प्रारम्भिक छलफल गरियो’ श्रेष्ठले भने, ‘भोलि बस्ने सचिवालयले उम्मेदबारको नाम तय गर्छाैँ।’
 

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, कात्तिक १६, २०७६