Kathmandu Press

काभ्रेमा टिपर दुर्घटना, चालकको मृत्यु

बनेपा, कात्तिक १६ : काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शनिबार बिहान बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपाल....

काभ्रेमा टिपर दुर्घटना, चालकको मृत्यु
सांकेतिक

बनेपा, कात्तिक १६ : काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शनिबार बिहान बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका–११, पात्लेखेतमा बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएकोहो। 

नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार टिपर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
 

प्रकाशित मिति: १२:३५ बजे, शनिबार, कात्तिक १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्