Kathmandu Press

सप्तरीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

राजविराज, कात्तिक १६ : सप्तरीको रुपनीमा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य २० जना यात्रु घाइते भएका छन्।

....
सप्तरीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

राजविराज, कात्तिक १६ : सप्तरीको रुपनीमा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य २० जना यात्रु घाइते भएका छन्।

काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक एकापसमा ठोक्किँएका थिए। दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुको  रायपुरस्थित युनिक अस्पताल उपचार भइरहेको छ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनाका कारण भने खुल्न सकेको छैन।
 
प्रकाशित मिति: १२:२९ बजे, शनिबार, कात्तिक १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्