Kathmandu Press

कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो

कृष्णनगर, कात्तिक १६ : कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासनले शनिबार बिहान ६ बजेदेखि निषेध....

कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो

कृष्णनगर, कात्तिक १६ : कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासनले शनिबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाएको हो।

लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो। दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो ।

झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । सो घटनापछि लगाइएको निषेधाज्ञा शनिबा। बिहान ६ बजेदेखि हटाएको कपिलवस्तु प्रहरीले जनाएको छ । जारी निषेधाज्ञा हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

बिहीबार राति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, निषेधाज्ञालाई क्रमशः घटाउँदै लैजानेलगायतका बुँदा रहेका छन् ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: ११:०४ बजे, शनिबार, कात्तिक १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्