हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर दुई जनाको मृत्यु
भद्रपुर, कात्तिक १६ : झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर दुई जनाको मृत्यु भएको छ।
करेन्ट ....

भद्रपुर, कात्तिक १६ : झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर दुई जनाको मृत्यु भएको छ।
करेन्ट लागेर बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
दुवै जनालाई शनिबार बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ। माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको अनुमान छ।
घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए।
प्रकाशित मिति: १०:५५ बजे, शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











