प्रधानमन्त्री ओलीका एडिसी जुवाखालबाट पक्राउ
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) नेपाली सेनाका मेजर राजेन्द्र शाही जुवाखालबाट पक्राउ परेका छन्।....

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) नेपाली सेनाका मेजर राजेन्द्र शाही जुवाखालबाट पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसर टेकुबाट खटिएको प्रहरीको टोलीले मेजर शाहीसहित अन्य आठ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो।
उनीहरुलाई प्रहरीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार जुवाखालबाट पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही, किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्।
उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:४२ बजे, शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











