Kathmandu Press

त्रिमूर्ति निकेतनकाे लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई

काठमाडाैं, जेठ २१ : त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ।त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषासाहित्यमा...
त्रिमूर्ति निकेतनकाे लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई

काठमाडाैं, जेठ २१ : त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ।

त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषासाहित्यमा समर्पित विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको हो।

Hardik ivf

त्यस्तै कार्यक्रममा बालकृष्ण सम पुरस्कार मिथिला शर्मालाइ र शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार प्रदान गरियो। 

तीनै पुरस्कारको राशी रु १ लाख रुपैया रहेको छ। त्यसैगरी २५ हजार रुपैया राशिको  ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई प्रदान गरिएको थियो।

त्यस्तै शताव्दी पुरुष सत्यमोहन जोशीको उचाई अभिवृद्धिका लागि समर्पित भएको भन्दै ५८ जनालाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिएको छ। 

कार्यक्रममा महासमालोचक प्रा डा वासुदेव त्रिपाठीले त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभएको थियो। सत्यमोहन जोशी शताब्दी पदक यसअघि २ सय २६ जनाले पाइसकेका छन्।

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतन स्थापना गरिएको थियो।

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्