Kathmandu Press

कांग्रेसले दियो उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई दिएको छ। 

पार्ट....

कांग्रेसले दियो उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई दिएको छ। 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्ने जिम्मेवारी पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको हो। 
 
बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न र पार्टीको विधानअनुसार कार्य सम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

विधानअनुसार हाल संसदीय समिति गठन नभएकाले संसदीय समितिले गर्ने कामको अधिकार पदाधिकारीलाई प्रत्यायोजन गरिएको शर्माले बताए। बैठकले पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत पदाधिकारी बैठकमा सहभागी गराउने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो।  
 
यसैगरी, बैठकले सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुनसरी जिल्ला कार्यसमितिले सर्वसम्मत् रुपमा राईको नाम सिफारिस गरेकाले सोही नामलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता शर्माले बताए। 

कात्तिक १७ गते दिउँसो तीन बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका सबै उम्मेदवारको अन्तिम टुंगो लगाउने शर्माले बताए।

बैठकमा महामन्त्री डा शशांक कोइरालाले प्रस्तुत गरेको  प्रस्तावमाथि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए।
 

प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, कात्तिक १५, २०७६