अजय चौधरी हत्या प्रकरणः युवतीसहित चार जनामाथि अनुसन्धान सुरु
महेन्द्रनगर, कात्तिक १५ : चार दिनअघि होटलमा शंकास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्र....

महेन्द्रनगर, कात्तिक १५ : चार दिनअघि होटलमा शंकास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले घटनाको सुक्ष्मरुपमा अनुसन्धान थालिएको भन्दै घटनाको सत्यतथ्य बाहिर आउने बताए। ‘मृतकका परिवारबाट आएको जाहेरीका आधारमा हामीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइसकेका छौं’, प्रवक्ता चन्दले भने,‘ एक युवतीसहित चार जनामाथि अनुसन्धान हुँदैछ।’
मृतक अजयसँगै रहेका युवतीलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले युवतीबाटै घटनाको रहस्य बाहिर आउने दाबीसमेत गरे। प्रवक्ता चन्दले भने,‘घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जनामाथि अनुसन्धान शुरु गरिएको छ र केही दिनपछि विस्तृत अनुसन्धान पनि बाहिर आउँछ।’
मृतकका आफन्तले अजयको हत्या गरिएको दाबीसहित मुद्दा दायर गरेका हुन्। रासस











