Kathmandu Press

‘अग्रजका बिम्बहरु’ चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उपस्थिति बढ्दै

काठमाडाैं, जेठ २० : सुशील कोइराला मेमोरियल फाउन्डेसन र प्यागोडा समूहको आयोजनामा भइरहेको ‘अग्रजका बिम्बहरु’ शीर्षकको चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति...
‘अग्रजका बिम्बहरु’ चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उपस्थिति बढ्दै

काठमाडाैं, जेठ २० : सुशील कोइराला मेमोरियल फाउन्डेसन र प्यागोडा समूहको आयोजनामा भइरहेको ‘अग्रजका बिम्बहरु’ शीर्षकको चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ।

यही जेठ १७ गतेदेखि नेपाल कला परिषद् बबरमहलमा सुरु भएको प्रदर्शनी जेठ २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रदर्शनीमा तेजबहादुर चित्रकार, लैनसिंह वाङ्देल, वत्सगोपाल वैद्य, वीरेन्द्रप्रताप सिंह, गौतमरत्न तुलाधर, गोपाल कलाप्रेमी, गोविन्द डङ्गोल, प्रा. गोविन्दनारायण ज्यापू, जीवन राजोपाध्याय, कान्छाकुमार कर्माचार्य, किरण मानन्धर, कृष्ण मानन्धर, प्रा डा लय मैनाली, लोक चित्रकार, मदन चित्रकार, मनुजबाबु मिश्र, मुकेश मल्ल, मुक्तिसिंह थापाका मूर्ति एवं चित्रकला प्रदर्शनीमा राखिएका छन्।

Hardik ivf

यसैगरी नवीन्द्रमान राजभण्डारी, नुनेनराज शाक्य, पुरण खड्का, राधेश्याम मुल्मी, रमेशनाथ खनाल, शशीविक्रम शाह, शशीकला तिवारी, डा सीमा शर्मा शाह, शङ्करराज सिंह सुवाल, श्यामलाल श्रेष्ठ, ठाकुरप्रसाद मैनाली, उदयचरण श्रेष्ठ, उमाशङ्कर शाह, उत्तम नेपाली, विजय थापा, रोशन प्रधान, प्रद्युम्न श्रेष्ठ, रुद्रबहादुर पुन, पासाङविक्रम लामा, माला श्रेष्ठ र किशोर नकर्मीका मूर्ति एवं चित्रकला प्रस्तुत गरिएको छ। 

अग्रज कलाकारको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रमको शुभारम्भ गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले प्रदर्शनीले कोभिडले ल्याएको सुस्ततालाई अन्त्य गरी कला क्षेत्रमा थप गतिविधि गर्न सहयोग गर्ने बताए। प्रदर्शनीले अग्रज कलाकारका कृतिलाई युवा पुस्तामा लैजान सहयोग मिलेको उनको भनाइ थियो।

कार्यक्रममा फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग जारी रहने बताए। सो अवसरमा कलाकार मदन चित्रकार, सिद्धार्थ आर्ट ग्यालरीका निर्देशक सङ्गीता थापालगायतले कोभिडपछि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरुरी रहेको बताए। कार्यक्रममा अग्रज कलाकारलाई अभिनन्दपत्रसहित सम्मानित पनि गरिएको थियो।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्