Kathmandu Press

‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक

काठमाडाैं, जेठ २० : गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस...
‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक

काठमाडाैं, जेठ २० : गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

प्रेमिल शैलीको यस गीत डिपी खनाल र सदु खनालले संयुक्तरुपमा लेखेका हुन्। गीतमा शंकर थापा ‘स्माइल’ को सङ्गीत रहेको छ भने विश्व अधिकारीले सङ्गीत संयोजन गरेका छन्।  

‘मेरी सानी के गर्दै होलिन्?, मेरी सानी कहाँ गइन् होली?’, ‘म आउँदैछु घर फर्की लिई कोसेली’, ‘मेरी सानी भर्दै होलिन् पानी’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।

सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबिना थापाको अभिनय छ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाङ्कन गरेका हुन्।  

अर्जुन जिसीले सम्पादन गर्नुभएको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको छ। भिडियो ‘डश म्युजिक’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ।

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्